मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जिम गर्ने व्यक्तिलाई किन हुन्छ हृदयघात ?

अहिले हृदयघातका कारण मृत्यु हुनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । हाम्रो खानपान र नराम्रो जीवनशैली यसको प्रमुख कारण हो । त्यसैले राम्रो खानपान र व्यायाम गर्नका लागि चिकित्सकहरू सल्लाह दिइरहेका हुन्छन् ।

यद्यपि, राम्रो खानपान तथा नियमित जिमशालामा गएर जिम गर्ने व्यक्तिहरुले समेत हृदयघातका कारण ज्यान गुमाउनु परेको  छ । किन यस्तो हुन्छ त ?

यसमा वर्कआउट गर्ने तरिकाले प्रभाव पारिरहेको हुन्छ । वर्कआउट कसरी गर्ने भन्ने तरिका थाहा पाउन आवश्यक छ । अहिलेका युवा अत्यधिक जिमप्रेमी भएका छन्, तर केही गलन्तिका कारण मुटु रोगको सिकार बन्छन् ।

सामान्य किसिमको व्यायामले पनि फिटनेस यथावत् राख्न सकिन्छ भन्ने मान्यता प्रायः स्वास्थ्य विशेषज्ञको रहेको छ, तर आवश्यकभन्दा गह्रौँ व्यायामले शरीर तथा मुटु दुबैमा नकारात्मक प्रभाव पार्छ । 

यसो हुनुको कारण हामी सबैको शरीरले उस्तै प्रतिक्रिया गर्दैन, भिन्दा–भिन्दै मानिसले निन्दा–भिन्दै किसिमले प्रतिक्रिया गर्छ । त्यसैले सबैको शरीरले भारी वर्कआउट सहन सक्ने शक्ति हुँदैन ।

जिम (व्यायाम) गर्दा यी कुरामा ध्यान दिनुहोस्

–  ट्रेड मिल अथवा अन्य कुनै कार्डियो एक्सरसाइजमा एक पटकमा १० मिनेटभन्दा बढी समय बिताउनु हुँदैन ।

– प्रत्येक कार्डियो एक्सरसाइजपछि २ देखि ५ मिनेटको ब्रेक आवश्यक हुन्छ । यसो गर्दा मुटुलाई केही क्षण आराम प्राप्त हुन्छ ।

– डाक्टर अथवा ट्रेनरको सल्लाहको हिसाबले नै वर्कआउटको अवधि निर्धारण गर्नु पर्छ, आवश्यकभन्दा बढी व्यायाम खतरनाक हुन्छ ।

– यदि छातीको देब्रे भागमा कुनै किसिमको पीडा महसुस भयो भने तुरुन्त व्यायाम गर्न बन्द गर्नु पर्छ र डाक्टरकहाँ जानु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?