मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्यालेन्टाइन विक विशेष

‘भ्यालेन्टाइन डे’ सप्ताहमा कुन दिनको महत्त्व कस्तो छ ?

काठमाडौं – प्रेमिल जोडीका लागि फ्रेब्रुअरी महिना निकै विशेष हुन्छ । फ्रेब्रुअरीलाई मायाको महिना भनिन्छ । १४ दिनसम्म मनाइने भ्यालेनटाइन ‘डे’ को हरेक दिन विशेष हुने गर्छ । हुन त माया गर्नेहरूका लागि हरेक दिन उत्सव जस्तै हुन्छ ।

यहि भ्यालेनटाइन सप्ताहमा नै कसैको माया पनि बस्छ । मन पराउने मान्छेले यहि सप्ताहमा मनको कुरा भन्न पनि रुचाउँछ । फ्रेब्रुअरी सातबाट मनाउने यो एक सप्ताह १४ मा सकिन्छ । माया गर्ने जोडीले आ आफ्नै शैलीमा मनाउने भ्यालेनटाइन ‘डे’ का सातै दिन विशेष हुन्छ ।

भ्यालेन्टाइन डे फेब्रुअरी ७ बाट प्रेम सप्ताह सुरु हुन्छ । भ्यालेन्टाइन सप्ताह फेब्रुअरी ७ देखि १४ फेब्रुअरीसम्म मनाइन्छ, जसको हरेक दिन प्रेम प्रवर्द्धन गर्ने उद्देश्यले गरिन्छ। तपाईंले मनपर्नेलाई गुलाब, टेडी र चकलेट दिएर पनि आफ्नो प्रेमलाई फुलाउन सक्नु हुन्छ । साताव्यापी रुपमा मनाइने प्रेम दिवसका हरेक दिन विशेष हुने गर्छ ।

७ फेब्रुअरी (रोज डे):– फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे मनाइँदैछ । तर, फेब्रुअरी ७ बाट प्रेम सप्ताह सुरु हुन्छ । भ्यालेन्टाइन सप्ताह फेब्रुअरी ७ देखि १४ फेब्रुअरीसम्म मनाइन्छ, जसको हरेक दिन प्रेम प्रवर्द्धन गर्ने उद्देश्यले गरिन्छ। तपाईंले मनपर्नेलाई गुलाब, टेडी र चकलेट दिएर पनि आफ्नो प्रेमलाई सुरुवात गर्न सक्नु हुन्छ । साताव्यापी रुपमा मनाइने प्रेम दिवसका हरेक दिन विशेष हुने गर्छ ।

भ्यालेन्टाइन डेको सुरुवात रोज डेबाट हुन्छ । यो दिन रोज डेको रुपमा मनाइन्छ । आफ्नो भावनाको व्यक्त गर्नको लागि फरक फरक रंगको गुलाबको प्रयोग गर्न सकिन्छ । प्रेमको लागि रातो र साथीको लागि पँहेलो गुलाब रोज्नुहोस् । आफूलाई मनपर्ने मानिसलाई रातो रंगको गुलाब दिएर प्रेम प्रस्तावको रुपमा प्रदान गर्न सकिन्छ । फूल स्वीकार भएमा प्रेम प्रस्ताव स्वीकार गरेको भन्ने बुझिन्छ ।

८ फेब्रुअरी (प्रपोज डे):– यो दिन प्रेमी–प्रेमीकाहरु आफूलाई मनपर्ने व्यक्तिलाई प्रेम प्रस्ताव राख्न सकिन्छ । यदि कसैलाई मन पराउन हुन्छ भने यो दिन तपाईंको लागि उपयुक्त हुन सक्छ । तपाईंलाई मन परेको व्यक्तिलाई मनको कुरा भनिहाल्नुहोस् । किनभने यो दिन तपाईंको हो ।

९ फेब्रुअरी (चकलेट डे):– यो दिन चकलेट डेको रुपमा मनाइन्छ । गुलाबको फूल दिएर प्रपोज गरिसकेपछि तपाईंको प्रेमसम्बन्धलाई प्रगाढ बनाउनको लागि चकलेटबाट सुरुवात गर्नुहोस् । यस दिन तपाई आफ्नो पे्रमी–प्रेमीकाको लागि चकलेट दिएर आफ्नो सम्बन्धमा चकलेट जस्तै मिठास भर्न सक्नुहुनेछ । मिठाससँगै तपाईको सम्बन्धलाई अघि बनाउन सक्नु हुनेछ । चकलेटको स्वाद जस्तै तपाईंको प्रेमलाई पनि मिठासको आवश्यकता हुन्छ ।

१० फेब्रुअरी (टेडी डे):– यस दिन सफ्ट र सुन्दर टेडी बियर दिएर आफ्नो प्रेम अझ गहिरो र मजबुत बनाउन सक्नु हुनेछ । चकलेटबाट अघि बढेर तपाईंको सम्बन्ध टेडीसम्म आइपुग्छ । यो दिनमा तपाईंले आफ्नो मन र मायाको अवस्था अनुसार आफ्नो नजिकको मानिसलाई टेडी उपहार स्वरुप दिन सक्नुहुनेछ । टेडी गिफ्ट गरेर तपाईको प्रेमी–प्रेमीकालाइै महसुस गराउनुहोस् ऊ प्रति तपाईको भावना पनि यस्तै सुन्दर छ ।

११ फेब्रुअरी (प्रमिस डे) :– प्रमिस डे अर्थात वाचा गर्ने दिन । यो दिन धेरै खास हुन्छ । प्रेमील जोडीहरुको लागि यो दिनले धेरै महत्व राख्छ । यस दिन मन परेको व्यक्तिसँग वा आफ्नो प्रेमी–प्रेमिकासँग प्रेम सम्बन्ध निभाउने वचन गर्नुहोस् । आफ्नो प्रेमसम्बन्ध मजबुत बनाउनको लागि एक अर्कासँग प्रमिस गर्नुहोस । एक अर्कासँग प्रेमसम्बन्ध इमान्दारिताको साथ निभाउने संकल्प गर्नुहोस् ।

१२ फेब्रुअरी (हग डे):– यस दिन आफ्नो प्रेमी प्रेमीकाको लागि प्रेमले भरिएको हग गरेर आफ्नो प्रेमी–प्रेमीकालाई बिशेष महसुस गराउनुहोस् । यस दिन प्रेम प्रगाढ बनाउने अवसर हुन सक्छ । यो दिन एक प्रेम र आत्मियता महसुस गराउने दिन हो । त्यसैले आफ्नो प्रेमी–प्रेमिकासँग आत्मियताको साथ ‘टाइट हग’ गर्नुहोस् ।

१३ फेब्रुअरी (किस डे):– यस दिन प्रेमी प्रेमिका चुम्वन (किस) को माध्यमबाट आफ्नो प्रेम दर्शाउनुहोस् ।

१४ फेब्रुअरी (भ्यालेनटाइन डे):– भ्यालेन्टाइन डे । यो दिन प्रेम गर्नेहरुको लागि सबैभन्दा महत्वपुर्ण दिन हो । यस दिन आफ्नो प्रेमी–प्रेमीकासँग सारा दिन विताउन सक्नुहुनेछ । आफ्नो प्रेमी–प्रेमीकालाई गिफ्ट दिन सक्नुहुनेछ । यो दिन मनपर्ने ठाउँमा जान सक्नुहुनेछ । एक अर्कासँग रोमान्टिक समय विताउन सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?