मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्यालेन्टाइन विक विशेष

कसरी शुरु भयो ‘टेडी डे’ ? कुन अवस्थामा कस्तो रङ्गको उपहार दिने ?

काठमाडौँ – भ्यालेन्टाइन डे को चौथो दिन आज टेडी डे । जुन प्रत्येक वर्ष १० फेब्रुअरीमा मनाइन्छ भने यो दिन प्रेमी प्रेमिकाले एक अर्कालाई मायासँगै टेडी बियर अर्थात ‘गुडिया’ उपहार दिने प्रचलन छ ।

नरम कपडाबाट बनेयो यो गुडिया अरू दिन भन्दा ‘टेडी डे’ कै दिन दिँदा विशेष हुने गर्दछ । विशेष अनुभूति गराउने, हृदयस्पर्शी र बाल्यकालको मीठो सम्झना दिने टेडी उपहार दिँदा प्रेम, भावना र रोमान्सको भावना व्यक्त हुनेगर्छ । 

यसको इतिहास हेर्दा यो पहिलो पल्ट भने फेब्रुअरीमा १५ मा मनाईएको थियो । सन् १९०३ को त्यो दिन न्यूयोर्कको एक क्यान्डी स्टोरका मालिक मोरिस मिचटमले पहिलो पटक आधिकारिक रूपमा टेडी बियर बनाउन थालेका हुन् । 

जुन प्रसंग अमेरिकी राष्ट्रपति थियोडोर टेडी रुजवेल्टका सिकार प्रसङ्गसँग जोडिन्छ । एक पटक सिकार गर्न गएका उनले माया लाग्दो भएकै कारण भालु मार्न सकेनन् । बरु त्यसपछि उनले सिकार नै नगर्ने निर्णय लिए ।

उनको यो दयालुपनालाई लिएर ‘द वासिङ्टन पोस्ट’ मा एउटा तस्वीर छापियो जुन कार्टुनिष्ट क्लिफोर्ड बेरीमेन ले बनाएका थिए । यही छापिएको तस्वीर देखेर व्यवसायी  मिचटमले भालुको बच्चाको आकारमा एउटा खेलौना बनाए ।

जसकाे  डिजाइन उनकी श्रीमतीले गरेकी थिईन भने नाम टेडी राखिएको थियो । टेडी नाम राख्नुमा समेत राष्ट्रपति रुजवेल्ट कै हात छ किनभने उनको उपनाम टेडी थियो ।

यसको अर्थ कसैप्रति माया देखाउने महान काम बाट प्रेरित भएरै यसको सुरुवात भएको थियो । 

यसले दिने सन्देश भने रङ्गअनुसार फरक पर्छ । मायाको भावना व्यक्त गर्न चाहने व्यक्तिलाई रातो टेडी उपहार दिनुपर्छ । यसले तपाईँको सम्बन्धलाई भावनात्मक रूपमा बलियो बनाउँछ ।

तर प्रेम प्रस्तावको जवाफ कुरिरहेको अवस्थामा भने गुलाबी टेडी उपहार दिन सकिन्छ । यदि प्रस्ताव राखेको व्यक्तिले टेडी स्वीकारेको खण्डमा प्रेम स्वीकार भएको बुझ्नुपर्छ ।

सुन्तला रङ खुशी, सकारात्मक सोचको प्रतीक हो । आफूले मन पराएको व्यक्तिलाई प्रेम प्रस्ताव राख्दा सुन्तला रङको टेडी दिने गरिन्छ । त्यस्तै आफ्नो जोडीप्रतिको गहिरो प्रेम व्यक्त गर्न नीलो टेडी प्रयोग गर्न सकिन्छ ।

हरियो टेडी भने भावनात्मक जडान र प्रतिबद्धताको प्रतीक हो । उसको प्रतीक्षामा रहेको आभास दिलाउन हरियो टेडी दिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?