मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोटोपना भएको कसरी थाहा पाउने

शरीरको उचाइको अनुपातमा हुनुपर्ने औसत तौलभन्दा शारीरिक तौल बढी हुनुलाई मोटोपना भनिन्छ। कसको कति तौल हुनुपर्छ भनी पत्ता लगाउने पाउने धेरै तरिकाहरू छन् ।

जसमा एउटा उपायका रूपमा  बीएमआई को उचाइ र तौलको फर्मुला प्रयोग गर्न सकिन्छ । एसियनहरूका लागि बीएमआईले १८.५ देखि २२.९ लाई सामान्य, २३ देखि २७.४ सम्म बढी तौल, २७.५ देखि ३२.४ सम्म मोटो, ३२.५ देखि ३७.४ सम्म धेरै मोटो र ३७.५ केजीभन्दा माथि अति मोटो भनेर वर्गीकरण गरेको छ । 

यो वर्गीकरणअनुसार आफ्नो स्थिति थाहा पाउन शरीरको तौल र उचाइ थाहा हुनु आवश्यक छ । नेपालमा उचाइ फुटमा नाप्ने चलन छ । त्यसलाई मिटरमा रूपान्तरण गर्नुपर्छ । रूपान्तरण गर्दा आएको परिणामलाई त्यही परिणामले गुणा गर्नुपर्छ । त्यसबाट प्राप्त परिणामले आफ्नो तौललाई भाग गर्दा आएको नतिजाबाट तौलको अवस्था कस्तो छ भन्ने थाहा हुन्छ । 

यद्यपि, १६ वर्षमुनिकालाई बीएमआई प्रयोग हुँदैन । यो उमेर समूहलाई विश्व स्वास्थ्य संगठनको ग्रोथ चार्ट हेरेर शरीरको तौलको अवस्था पत्ता लगाउन सकिने डाइटिसियन  बताउँछिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?