मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्ता व्यक्तिहरूले रक्तदान गर्नु हुँदैन ? 

रक्तदान जीवनदान भन्ने नारा सुनिरहेका हुन्छौ । रक्तदान गर्नु निकै सकारात्मक कुरा पनि हो । यसकारण अहिले अधिकांश मानिसहरू रक्तदान गर्न रुचाउँछन् ।

तर चाहँदैमा सबैले रक्तदान गर्न मिल्दैन । स्वस्थ, उमेर पुगेका व्यक्तिले पनि रक्तदान गर्ने बेलामा सावधानी भने अपनाउनै पर्छ ।

रक्तदान गर्न नमिल्ने व्यक्तिले रक्तदान गर्नु आफैँलाई हानी निम्त्याउने काम रहेको चिकित्सकहरू बताउँछन् । यसकारण आज हामी कस्ता व्यक्तिहरूले रक्तदान गर्न नहुने भन्ने विषयमा जानकारी गराउँछौ । 

–महिनावारीको समयमा

–रक्तदान गर्ने बेलामा हेमोग्लोबिनको मात्रा ११ प्रतिशतभन्दा कम भएमा

–रक्सी सेवनको गरेको २४ घण्टाभित्र

–१८ वर्ष नपुगेका बालबालिकाहरू 

–६० वर्षभन्दा बढी उमेरका व्यक्ति

–उमेर पुगेर पनि कम तौल भएका मानिस

–उच्च रक्तचाप भएमा

–मुटुमा समस्या भएमा

–मधुमेहका रोगी

–कलेजो र मिर्गौलामा समस्या भएमा

–लामो समयदेखि औषधि सेवन गरिरहेको भए

–रक्तअल्पता भएमा

–गर्भवती, स्तनपान गराइरहेकी सुत्केरी आमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?