काठमाडौँ– फिल्म गोर्खा वारिअर कोरियन भाषामा पनि प्रदर्शन हुने भएको छ । यो फिल्म कोरियाली भाषामा रिलिज हुने भएको हो ।
नेपालमा गत वर्षको फागुन ११ गते प्रदर्शनमा आएको अन्य भाषामा पनि रिलिज गरिने निर्माण टिमले जनाएको छ । निर्देशक चाम्सका अनुसार फिल्मलाई कोरियाली कम्पनी मुभमेन्ट पिक्चर्सले वितरण गर्न लागेको हो ।

निर्देशक मिलन चाम्सले समाजिक सञ्जालमार्फत यो फिल्म कोरियन भाषामा डबिङ भएर रिलिज हुने खबरले आफू उत्साहित भएको र यसलाई ऐतिहासिक दिन भएको बताएका छन् ।
कोरियन भाषामा शीर्षक राखेर फिल्मको फस्ट लूक समेत सार्वजनिक गरिएको छ । सन् १९४९ को मलाया युद्धमा आधारित रहेर फिल्मको कथा लेखिएको छ । यो फिल्ममा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, कविता आले, शिशिर वाङदेल लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मका निर्देशक मिलन चाम्स हुन् ।
यो फिल्म अझै सात वर्ष युट्युबमा नआउने पनि निर्माण टिमले जनाएको छ ।
समीक्षा पढ्नुहोस्: गोर्खा वारियर: गोर्खाली सैनिकको बहादुरीको कथा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया