मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राजस्थान आईपीएलको दोस्रो क्वालिफायरमा

काठमाडौँ – राजस्थान रोयल्स इण्डियन प्रिमियर लिग आईपीएलको दोस्रो क्वालिफायरमा पुगेको छ । 

बुधबार सम्पन्न इलिमिनेटरको खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) लाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो ।

बैंगलुरुले दिएको १७३ रनको लक्ष्य पछाएको राजस्थानले १९ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

यो जितपछि अब राजस्थानले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादसँग खेल्ने छ । यो खेल शुक्रबार हुने छ ।

त्यस्तै यो हारसहित रोयल च्यालेन्जर्सको आइपिएल यात्रा भने समाप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?