मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्वकप खेल्न अमेरिका जान लागेका सन्दीपको भिसा रिजेक्ट

काठमाडौँ– नेपालका तर्फबाट विश्वकप खेल्न अमेरिका जान लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।

लामिछानेले सामाजिक सञ्जालमार्फत अमेरिकी राजदूतावासले भिसा नदिएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उनले सन् २०१९ मा जस्तै यसपटक पनि अमेरिकाले भिसा नदिएको बताएका हुन् । सन्दीप आईसीसी टी-२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए ।

बलात्कार मुद्दामा सफाइ पाएपछि क्यानले सन्दीपलाई अमेरिका पठाउने तयारी गरेको थियो । तर अमेरिकाका प्रस्थानका दूतावासले भिसा नदिएपछि उनी अमेरिका जानबाट रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?