मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ब्रोजोभिक र रोनाल्डोको गोलमा अल नासर विजयी

काठमाडौँ – साउदी प्रो लिग अन्तर्गत अल नासरले अल अखडोउडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल अखडोउडलाई ३-२ गोलले पराजित गरेको हो ।

अल नासरको जितमा मार्सेलो ब्रोजोभिकले ९१औ मिनेटमा निर्णायक गोल गरेका थिए । यस अघि उनले खेलको सातौं मिनेटमा शुरुवाती गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । त्यस्तै यस खेलमा खेलको १५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए ।

त्यसैगरी अल अखडोउडका लागि हसन अल हबिब र साभियोर गडविनले एक एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको ३१ खेलमा ७७ अङ्क भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । अल  नासर शीर्ष स्थानमा रहेको अल हिलाल भन्दा ९ अङ्कले पछाडि रहेको छ । यद्यपि अल हिलाल एक खेल कम खेलेको छ ।

त्यसैगरी अल अखडोउडको भने ३१ खेलमा २८ अङ्क रहेको छ र लिगमा १५औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?