मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पञ्जावमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ६० रनले विजयी

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले पञ्जावलाई ६० रनले पराजित गरेको हो ।

बैंगलुरुले दिएको २४२ रनको लक्ष्य पछाएको पञ्जाव किंग्स १७ ओभरमा १८१ रन बनाएर अलआउट भएको थियो ।

यसअघि पहिला ब्याटिङ गरेको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउँदै २४१ रन बनाएको थियो । बैंगलुरुका लागि विराट कोहलीले सर्वाधिक ९२ रन बनाएका थिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको १३ खेलमा १० अङ्क भएको छ र अङ्क तालिकामा आठौँ स्थानमा रहेको छ । त्यस्तै पञ्जावको भने यो हारपछि प्लेअफको सम्भावना समाप्त भएको छ । १२ खेलमा ८ अङ्क रहेको पञ्जाव अङ्क तालिकामा नवौँ स्थानमा झरेको छ ।

यसका साथै यस सिजनमा मुम्बई इण्डियन्सपछि पञ्जाव किंग्स प्लेअफको दौडबाट बाहिरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?