मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजको मौसम : यी स्थानमा हुनेछ चट्याङ्ग र हावाहुरी सहित वर्षा

काठमाडौँ – अहिले कोशी, बाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर आंशिक देखि साधरणतया बदली रहेको छ भने पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । 

त्यस्तै आज दिउसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । 

कोशी प्रदेश र बागमती  प्रदेश लगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।  उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा  हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाको दैनिक मौसम बुलेटिनमा उल्लेख छ । 

आज राती भने कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?