मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहिलो पटक रारामा प्रदेश स्तरीय कबड्डी प्रतियोगिता

मुगु – मङ्सिर २ गतेबाट कर्णाली प्रदेशको सुर्खेतमा हुन लागेको १० औ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागी रारामा कबड्डी प्रतियोगिता शुरु भएको छ ।

कर्णाली  प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा कर्णाली प्रदेशको हुम्ला बाहेक ९ जिल्लाका महिला तथा पुरुष खेलाडीहरूको सहभागितामा बुधबार देखी शुक्रबार सम्म कबड्डी प्रतियोगिता आयोजना गरिएको हो ।

उक्त प्रतियोगितामा हुम्ला बाहेक ९ जिल्लाका पुरुष ९ महिला ७ टिम गरी १  सय ६० खेलाडीले भाग लिएका छन् । कर्णाली  प्रदेश खेलकुद विकास परिषद्का आर्थिक सहयोग र जिल्ला स्थित चारै स्थानीय तहले समेत उक्त प्रतियोगितामा आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेपछि राराको पर्यटन प्रवर्द्धनका लागि  रारामा यो प्रतियोगिता आयोजना गरिएको  हो । 

रारामा हुने कुनैपनी खेलकुद प्रतियोगिताहरू राराको पर्यटनलाई खेल मार्फत प्रचार प्रसार गरी यस अबका दिनमा रारामा मात्र नभई कर्णालीमा अन्य साहसिक खेलकुद समेत आयोजना हुने  कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र संञ्ज्यालले बताए।

जिल्लामा कुनै पनि खेलकुद तथा अन्य कार्यक्रम आयोजना गर्ने  खेलमैदान छैन ।

खेलमैदान अभावका कारण प्रतियोगिता सञ्चालन गर्न ठुलो समस्या भइरहेका बेला रारामा कर्णाली प्रदेश खेलकुद विकास समितिले आयोजना गरेको यो प्रतियोगिता सञ्चालन गर्न ठुलो पहल भएको र  रारामा हुने कुनै पनि प्रतियोगिताले राराको संरक्षण प्रवर्द्धन ठुलो सहयोग मिल्ने कर्णाली प्रदेश सभा सदस्य जीतबहादुर मल्लले  बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?