मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रथम सहाना प्रधान यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप हुने

काठमाडौँ – प्रथम सहाना प्रधान यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८१ असारको दोश्रो साता आयोजना हुने भएको छ ।

सहाना प्रधान प्रतिष्ठानको आयोजना र नेपाल भलिबल संघको व्यवस्थापनामा असार ९ गतेदेखि १५ गतेसम्म च्याम्पिनसिप हुन लागेको हो । प्रतियोगितामा ७ प्रदेशका महिला र पुरुषबीच सहभागिता रहने सहाना प्रधान प्रतिष्ठानले जनाएको छ ।

पुरुष र महिला दुवै तर्फको प्रथम द्वितिय र तृतीय हुनेलाई क्रमश तीन लाख, दुई लाख र १ लाख प्राप्त गर्नेछन् भने प्रतियोगिताको दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले २५ हजार र व्यक्तिगत विधातर्फ १० हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले सातै प्रदेशमा खेलाडी छनौटका लागि समय उपलव्ध गराउन दुई महिना अघि नै प्रतियोगीताको घोषणा गरिएको बताए। संघले बार्षिक क्यालेन्डरमा राखेर प्रतियोगीता गर्न लागेको भन्दै उनले खेल सामाग्री, भलिबल टीम छनौट लगाएतका काम आफुहरुले गर्ने उहाले जानकारी दिए ।

त्यस्तै सहाना प्रधान प्रतिष्ठानका अध्यक्ष रामकुमारी झाँक्रीले प्रतियोगीताको सवै आर्थिक भार प्रतिष्ठानले व्यहोर्ने बताए । प्रतियोगीतालाई सफल बनाउनका लागि कुनै कमजोरी हुन नदिने उहाले बताए ।

सो क्रममा प्रतिष्ठान र संघबीच प्रतियोगीता व्यवस्थापन सम्बन्धी पत्रमा हस्ताक्षर गरिएको थियो । प्रतियोगीताको आयोजनाले खेल्ने अवसर नपाएका युवा खेलाडीहरुलाई आफ्नो प्रतिभा देखाउन अवसर प्राप्त हुने आयोजकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?