मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अम्पायरसँग बहस गरेका राजस्थानका कप्तान सामसनलाई कारवाही

काठमाडौँ – जारी आइपिएलमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई कारवाही गरिएको छ । गएराती सम्पन्न दिल्ली क्यापिटल्सविरुद्धको खेलमा अम्पायरसँग बहस गरेपछि उनलाई म्याच फिको ३० प्रतिशत जरिवाना गरिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० ले उनलाई जरिवाना लगाएको हो । दिल्लीविरुद्धको खेलमा सामसन विवादस्पद रुपमा आउट भएका थिए । अम्पायरले विवादस्पद रहेको आउटलाई थर्ड अम्पाएरसँग सल्लाह नगरी आउट दिएको भन्दै बहस गरेका थिए ।

खेलको १६औं ओभरमा दिल्लीका बलर मुकेश कुमारको बलमा सञ्जु सामसनले बलियो शट प्रहार गरे, बल सीधा छक्कामा जाँदै थियो तर बाउन्ड्रीमा पोस्ट गरिएका शाइ होपले त्यसलाई क्याच गरे ।

यस क्रममा उनले आफूलाई सीमाना छुनबाट जोगाएको देखियो । सामसन पनि डगआउटतिर जान थालेको बेला क्याच आउटको भिडियो रिप्लेमा प्ले भयो, त्यसपछि विकेटकिपर ब्याट्सम्यान अम्पायरसँग कुरा गर्न आए ।

राजस्थानले २० रनले हारेको यो खेल अम्पायरको सोहि निर्णयका कारण हारेको भन्दै सामाजिक सञ्जालमा अम्पाएरको आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?