मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन् मोबाइलमा जिमेल चलाउने स्मार्ट तरिका

काठमाडौँ– आजभोलि धेरैजसो मानिसले कार्यालयमा सन्देश आदानप्रदान गर्नको लागि जिमेलको प्रयोग गर्ने गर्छन् । मोबाइलमा जिमेल प्रयोग गर्दा भने केही कुरामा हामी चनाखो हुनुपर्छ ।

नयाँ तथा स्मार्ट तरिकाको जिमेल चलाउने स्मार्ट तरिका

स्मार्ट कम्पोज तथा स्मार्ट रिप्लाई

यदि तपाईंले जिमेलमा स्मार्ट कम्पोज तथा स्मार्ट रिप्लाईको अप्सन अन गर्नुभयो भने कुनै पनि मेल लेख्न सजिलो हुने हुन्छ । जिमेलमा यो फिचर अन गरेपछि तपाईंलाई कुनै पनि मेलको ड्राफ्ट तयार पार्न सजिलो समेत हुन्छ । तलको तरिकाबाट जिमेलमा स्मार्ट कम्पोज तथा स्मार्ट रिप्लाईको अप्सन अन गर्न सकिन्छ ।

– सबैभन्दा पहिले जिमेल एप खोल्ने ।
– सेटिङमा गइ आफ्नो इमेल अकाउन्ट छान्ने ।
– जेनेरल सेक्सन भन्ने अप्सनभित्र देखिने स्मार्ट कम्पोज, स्मार्ट रिप्लाइको विकल्प अन गर्ने ।

आउट अफ अफिस

अफिसबाट टाढा वा बाहिर भएको समयमा पनि मेल पठाउनका लागि तपाईंले इमेलको आउट अफ अफिस फिचर प्रयोग गर्न सक्नुहुन्छ । यसले सेड्युल जस्तै काम गर्छ । यो सेवा सूचारु गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

– जिमेल खोलेर सेटिङमा जाने
– आफ्नो इमेल अकाउन्ट छानेर जेनेरल सेक्सनमा गइ यस सेक्सनको सबैभन्दा अन्तिममा ‘आउट अफ अफिस अटो रिप्लाई’ विकल्प हुन्छ ।
– त्यसमा क्लिक गरेर तपाईंले फस्र्ट डे, लास्ट डे, विषय, मेसेज लेख्नुपर्छ ।

यसबाहेक जिमेलका कस्टमाइज नोटिफिकेसनजस्ता फिचरहरु अन गर्नुभयो भने तपाईं जिमेलको स्मार्ट प्रयोगकर्ता बन्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?