मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बालबालिकाले किन बीचमै पढाइ छोडिरहेका छन् ?

मकवानपुर– मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरीबीका कारण ७ सय ६६ बालबालिकाले बीचमै पढाइ छाड्नु परेको छ।

राक्सिराङमा वि.सं. २०८० सालमा ६ हजार ९ सय २ विद्यार्थी भर्ना भएकोमा वर्ष बितिसक्दा ७ सय ६६ जनाले पढाइ बीचमै छाडेका हुन् ।

यस्तै, राक्सिराङ गाउँपालिका-५ चैनपुरस्थित प्रजा जागृति माध्यमिक विद्यालयमा समेत ३६ जना विद्यार्थीले बीचमै पढाइ छाडेका छन्। उक्त विद्यालयमा २ सय ८२ विद्यार्थी भर्ना भएकोमा २ सय ४६ जना मात्र नियमित रूपमा विद्यालय निरन्तर गएको पाइएको छ।

विपन्न तथा जनजाति समुदायका बालबालिकाले गरीबीकै कारण पढाइ बीचमै छाड्नु परेको छ । विद्यालयले भर्ना अभियान चलाइरहेको भए पनि कति विद्यार्थीले घरपरिवारको आर्थिक अवस्थाका कारण पढाइलाई निरन्तरता गर्न नसकेको खुलेको छ।

राक्सिराङ गाउँपालिकाका एक विद्यार्थी रश्मी प्रजा भन्छिन्, “बाबुआमाले जुत्ता विद्यालय पोशाक किन्न नसक्दा पोशाक मिलेन र विद्यालय जान गइनँ ।”

उनकी आमाबुवाले मुस्किलले कक्षा ९ मा भर्ना गर्न सफल भए पनि विद्यालय पोशाक किन्ने आर्थिक स्रोत नभएकाले अब के गर्ने भन्ने चिन्ता बाँकी नै रहेको बताइन्छ ।

यसरी गरीबीका कारणले धेरै बालबालिकाको पढाइमा नरम्रो असर गरिरहेको छ। सरकारले नि:शुल्क शिक्षाको व्यवस्था गरे पनि नगद सहितको सहयोग उपलब्ध गराउन नसक्दा गरीब बालबालिका पढाइबाट बाहिरिने क्रम भने रोकिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?