मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युट्युबमा पनि एआई फिचर : नयाँ भिडियो कस्तो बनाउने भन्ने जानकारी दिने

काठमाडौँ– गुगलको स्वामित्वको अमेरिकन भिडियो शेयरिङ एप युट्युबमा पनि एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स फिचर आउने भएको छ । 

युट्युब सपोर्ट पेजमा उल्लेख गरिएअनुसार अहिले परीक्षणमा रहेको युट्युबको जेन एआई फिचरले क्रियटरलाई नयाँ शैलीका भिडियोबारे जानकारी दिने छ । 

युट्युबको लागि नयाँ भिडिओ कस्तो बनाउने भन्ने कुराको जानकारी दिनको लागि यो एआई टुलको परीक्षण गरिरहेको सपोर्ट पेजमा उल्लेख गरिएको छ । 

कम्पनीका अनुसार यो फिचरले क्रियटरलाई उनीहरूका अडियन्सले कस्तो कन्टेन्ट वा टपिक बढी हेर्न चाहेका छन् भन्ने विषयमा जानकारी दिनेछ । 

त्यस्तै क्रियटरले पहिले कहिल्यै प्रयास नगरेका कन्टेन्टको एङ्गल आइडियाको बारेमा पनि जानकारी दिन यो टुलले मद्दत गर्ने कम्पनीले जनाएको छ । 

तर अहिले यो फिचर केही सीमित क्रियटरमाझ मात्र उपलब्ध छ । विशेषगरी अङ्ग्रेजी भाषामा भिडिओ बनाउने क्रियटरले यो फिचर पाएको कम्पनीले जनाएको छ । नेपालमा भने अहिलेसम्म यो फिचर उपलब्ध भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?