मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी

काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले टोटनह्यामलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहमद सलाह, आड्रेउ रोबेर्टसन, कोडी गाक्पो र हार्भी एल्लीओटले एक एक गोल गरेका थिए । त्यसैगरी टोटनह्यामका लागि रिचार्लिसन र सन हेंग मिनले एक एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुलको ३६ खेलमा ७८ अङ्क भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी टोटनह्यामको भने ३५ खेलमा ६० अङ्क रहेको छ र लिगमा पाँचौँ स्थानमा रहेको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?