मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालमा पहिलोपटक टेबल टेनिसको ओलम्पिक छनोट हुने

काठमाडौँ – आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ । नेपालले पहिलो पटक हुन लागेको प्रतियोगिता यही वैशाख ३१ देखि जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा आयोजक नेपालसहित, बङ्गलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका २० जना खेलाडीको सहभागिता रहने टेबल टेनिस खेलका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिए ।

छनोटमा दक्षिण एसियाली राष्ट्र भारत भने विश्व वरियाताको शीष आठभित्र रहँदै यसअघि नै छनोट भइसकेको छ । प्रतियोगितामा हरेक देशबाट समान दुई पुरुष र दुई महिला खेलाडीको सभागिता रहनेछ । यसमध्ये समान एक पुरुष र एक महिला खेलाडी फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेलका लागि छनोट हुनेछन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने उक्त छनोट खेलमा नेपालबाट संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले सहभागिता जनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?