मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज विश्व कार्टुनिस्ट दिवस, नेपालमा पनि मनाइँदै 

काठमाडौँ– कार्टुन कला र सिर्जनामा समर्पितहरुको सम्मानका लागि मनाइने आज विश्व कार्टुनिस्ट दिवस ।

कार्टुन कलाको समाजमा महत्व, कार्टुनिस्टहरुले यस मार्फत समाजलाई दिएको योगदान र उनीहरुले तत्कालीन समाजमा गरेको संघर्षलाई स्मरण गर्दै विश्वभर यो दिवस मनाउँदै आएका छन् ।

हरेक वर्ष ५ मे का दिन यो दिवस मनाइँदै आएको छ । कार्टुन कलाले शताब्दीभन्दा बढी समयदेखि राजनीति, आर्थिक तथा सामाजिक मुद्दामा समाजमा मनोरञ्जनसँगै टिप्पणीकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।

कार्टुन कलाले मुख्यतः हास्यव्यङ्गमार्फत समाज र विथितिलाई चोटिलो प्रहार गरी सम्बन्धित निकायलाई सजक बनाइरहेको पाइन्छ । जसले व्यवस्था र प्रणाली परिवर्तनमै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

पहिलो व्यावसायिक रूपमा सफल कार्टुन द्वितीय विश्वयुद्ध ताका ‘न्यूयोर्क वर्ल्ड’मा ‘द एल्लो किड’ सन् १८९५, मे मा प्रकाशित भएको इतिहास पाइन्छ । जुन पीत पत्रकारिताका निम्ति व्यङ्ग्य कार्टुन कला थियो । यही कार्टुनले गर्दा नै अखबारको बिक्री बढाएको थियो । जसलाई रिचार्ड एफ आउटकल्टले सिर्जना गरेका थिए ।

गुस एडसन, ओटो सोग्लो, क्लेरेन्स रसेल र बब डन लगायतका प्रतिभाशाली कार्टुनिस्टहरूको समूहले सेनाहरूलाई मनोरन्जन गर्ने निर्णय कार्टुन कला अवधारणा ल्याएका थिए । त्यतिबेला अस्पतालमा घाइते सैनिकहरुलाई देखाउन सानो कार्टुन शो आयोजना समेत गरिएको थियो ।

भनिन्छ, त्यो प्रदर्शनीको अत्यधिक प्रभावले सैन्य आधारहरू निर्माण सैन शक्ति प्रदर्शनमा ठूलो विस्तार भएको थियो ।

सैन्य आधार शिविरमा कार्टुनकलाको प्रभाव देखेर कार्टुनिस्ट रसेलले युद्ध समाप्त भएपछि पनि कार्टुन कलाले आम मानिसहरूलाई मनोरञ्जन दिइराख्नुपर्छ भन्ने सोचे ।

यसका लागि एक क्लब स्थापनाका लागि उनले समूहलाई सुझाव दिए । यही नै राष्ट्रिय कार्टुनिस्ट सोसाइटी (एनसीएस) को शुरुवात थियो, जुन १९४६ मा स्थापित भएको थियो ।

उक्त संस्थाको लोकप्रियता बढ्यो र यही नै व्यावसायिक कार्टुनिस्टहरूको लागि महत्वपूर्ण संगठनका रुपमा परिणत भयो । त्यतिबेला कार्टुन कलाको प्रवर्धन र संरक्षण गर्न, कार्टुनिस्टहरू बीचको एकता, आपसी समझदारी भावनालाई बढवा दिन र व्यावसायिक कार्टुनको विकासका लागि संस्थाको गठन गरिएको थियो ।

संस्थाले कार्टुन क्षेत्रको समग्र विकासका लागि सन् १९९० मा मे पाँच को दिन विश्व कार्टुनिस्ट दिवस मनाउने घोषणा गरेको थियो । 

नेपालका कार्टुनकलाको विकास राणा प्रधानमन्त्री जंगबहादुर राणाको बेलायत भ्रमणपछि नै भएको पाइन्छ । उनले ल्याएको गिद्धे प्रेसबाट प्राम्भिक चरणमा गोरखापत्र हुँदै कार्टुनको विकास भएको पाइन्छ ।

नेपालका पहिलो कार्टुनिस्टका रुपमा कलाकार चन्द्रमान सिंह मास्केलाई मानिन्छ । कार्टुन चित्र बनाएकै आधारमा उनी राणाकालीन समयमा जेल परेका थिए । वि.सं.१९९७ सालमा व्यंग्य चित्र बनाएको भन्दै कारावास सजाय समेत सुनाइएको थियो ।

त्यतिबेला उनले श्री ३ को श्रीपेच हात्तीको सुँडले उडाएको व्यंग्य चित्र बनाएका थिए । १८ वर्षको कारावास सुनाइए पनि उनलाई पाँच वर्षपछि जेलमुक्त गराइएको थियो । अहिले ‘कार्टुनिस्ट क्लब नेपाल’ जस्ता संस्थाहरु अगाडि बढेका छन् । जसमा व्यावसायिक रुपमै अगाडि बढेका कार्टुनिस्टहरु आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?