मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इन्टर मियामीको फराकिलो जित

काठमाडौँ – अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले एनवाइ रेड बुल्सलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले एनवाई रेड बुल्सलाई ६-२ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लुइस स्वरेजले ह्याट्रिक गरेका थिए । त्यस्तै यस खेलमा माटियास रोजासले २ तथा लियोनेल मेसीले एक गोल गरेका थिए ।

त्यस्तै यस खेलमा मेसीले ५ गोल असिस्ट गरेका थिए । त्यस्तै रेड बुल्सका लागि दान्टे फोर्सबर्ग र एमिल फोर्सबर्गले एक एक गोल गरेका थिए ।

यो जितपछि लिगको इस्टर्न कन्फेरेन्समा इन्टर मियामीको १२ खेलमा २४ अङ्क भएको छ र शीर्ष स्थानमा रहेको छ । त्यस्तै एनवाई रेड बुल्सको ११ खेलमा १७ अङ्क रहेको छ र चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?