मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वोल्भ्समाथि म्यानचेस्टर सिटी ५-१ ले विजयी

काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वोल्भ्समाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले ४ गोल गरेका थिए । त्यस्तै एक गोल जुलियन अल्भारेजले गरेका थिए । त्यसैगरी वोल्भ्सका लागि एक गोल ह्वांग ही चानले गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी यस सिजनको लिग विजेताको दौडमा प्रबल दाबेदारको रुपमा कायम रहेको छ ।

शीर्ष स्थानमा रहेको आर्सनलभन्दा एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ३५ खेलमा ८२ अङ्क रहेको छ भने आर्सनलको ३६ खेलमा ८३ अङ्क रहेको छ ।

त्यसैगरी वोल्भ्सको भने ३६ खेलमा ४६ अङ्क रहेको छ र लिगमा ११औँ स्थानमा छ ।
  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?