मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आइपिएलमा आज दुई खेल हुँदै

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदै छन् ।

आज आपिएलमा पहिलो खेल पन्जाब किंग्स र चेन्नई सुपरकिंग्सबीच हुँदै छ । धर्मशालामा हुने यो खेल नेपाली समय अनुसार अपराह्न ३: ४५ बजेदेखि शुरु हुँदै छ ।

जारी आइपिएलमा पन्जाब किंग्सले १० खेलमा ४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । ८ अङ्कसहित पन्जाब छैटौँ स्थानमा रहेको छ । त्यसैगरी चेन्नईले भने १० खेलमा ५ जित र ५ हार बेहोरेको छ । १० अङ्कसहित चेन्नई अङ्क तालिकामा चौथो स्थानमा रहेको छ ।

त्यसैगरी दोस्रो खेल लखनउ सुपर जाइन्ट र कोलकोता नाइट राइडर्सबीच हुँदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा लखनउले १० खेलमा ६ जित र ४ हार बेहोरेको छ । १२ अङ्कसहित लखनउ अङ्क तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै कोलकोताले १० खेलमा ७ जित र ३ हार बेहोरेको छ । १४ अङ्कसहित कोलकोता दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?