मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अल वेहडामाथि अल नासर ६-० ले विजयी, रोनाल्डोको ह्याट्रिक

काठमाडौँ – साउदी प्रो लिग अन्तर्गत अल नासरले अल वेहडालाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल वेहडालाई ६-० गोल अन्तरले अपराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यस्तै ओटाभियो, सडियो माने र मोहमद अल फाटिलले एक एक गोल गरेका थिए ।

रोनाल्डोले यस सिजनको लिगमा अहिलेसम्म कुल ३२ गोल गर्दै लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । उनले यस सिजनको लिगमा सबैभन्दा बढी ४ ह्याट्रिक गरेका छन् । 

योजितसँगै अल नासरको ३० खेलमा ७४ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । यस सिजनमा अल हिलाल अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ ।  त्यसैगरी अल वेहडाको भने ३० खेलमा ३२ अङ्क रहेको छ र लिगमा १२औँ स्थानमा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?