मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।

शनिबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्सले गुजरातलाई ४ विकेटले पराजित गरेको हो ।

गुजरातले दिएको १४८ रनको लक्ष्य पछाएको रोयल च्यालेन्जर्सले १३.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि गुजरातले टस हारेर पहिला ब्याटिङ गर्दै १९.३ ओभरमा अल आउट हुँदै १४७ रन बनाएको थियो ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ११ खेलमा ४ जितसहित ८ अङ्क भएको छ र सातौँ स्थानमा उक्लिएको छ । त्यस्तै गुजरातको भने यो सातौँ हार हो । ११ खेलमा ८ अङ्क रहेको गुजरात नवौँ स्थानमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?