मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डिभीको नतिजा सार्वजनिक, कसरी हेर्ने?

काठमाडौँ– सन् २०२५ का लागि अमेरिकाले खुलाएको डाइभर्सिटी भिसा (डीभी) को नतिजा सार्वजनिक भएको छ ।

उक्त नतिजा www.dvprogram.state.gov/ESC/ मा गएर हेर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उक्त लिंकमा गएर आफ्नो फाराम भर्दा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर टाइप गरी नतिजा हेर्न सकिन्छ ।

अमेरिकाले आफ्नो मुलुकमा विश्वका विभिन्न मुलुकका मानिसलाई भित्र्याउनका लागि डिभी चिठ्ठा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अमेरिकाको जनसङ्ख्यालाई अझ विविध तुल्याउनका लागि सन् १९९१ बाट डिभी कार्यक्रम शुरु गरिएको हो । अमेरिकामा धेरै आप्रवासन दर भएका अन्य मुलुकका लागि डिभी चिठ्ठा कार्यक्रम उपलब्ध छैन ।

के हो अमेरिकी डिभी?

खासमा अमेरिकातर्फ कम आप्रवासन दर भएका मुलुकका नागरिकलाई अमेरिका भित्र्याउनका लागि डिभी कार्यक्रमको शुरुवात गरिएको हो । यसअनुसार हरेक वर्ष विभिन्न मुलुकबाट १ लाख आवेदकलाई दामाशाहीबाट छान्ने गरिन्छ भने ५० हजारलाई ग्रीनकार्ड दिइने प्रावधान छ । डिभी चिठ्ठाबाट छानिने भएकाले डिभी पर्ने र नपर्ने निश्चित भने हुँदैन ।

हरेक वर्ष अमेरिकाले डिभी चिठ्ठा भर्ने अनलाइन फाराम खुला गर्ने गर्छ । यसअनुसार हरेक वर्ष १ करोड देखि २ करोडसम्मले अनलाइन फाराम भर्ने गर्छन् । यसमा अफ्रिकी तथा एसियालीहरुको धेरै ठूलो सहभागिता रहने बताइन्छ ।

यसरी भरिएको थियो डिभी

अमेरिकाको विदेशमन्त्रालय अन्तर्गतको वेबसाइटमा डिभी चिठ्ठा भर्ने फाराम राखिएको हुन्छ । त्यहाँ आफ्नो तस्वीरसहितको आफ्नो वास्तविक विवरण भर्ने गरिन्छ । त्यहाँबाट एउटा कन्फरमेसन कोड दिइन्छ ।

डिभी चिठ्ठा आवेदन भरेको निश्चित समयपछि अमेरिकाको विदेश मन्त्रालयले चिठ्ठाको नतिजा सार्वजनिक गर्दछ । डिभी भर्ने बेला दिइएको कन्फरमेसन कोडको माध्यमबाट डिभी चिठ्ठा परेको/नपरेको निश्चित हुन्छ । यसकारण कन्फरमेसन कोड बिर्सिनु हुँदैन ।

यदी डिभी चिठ्ठा परेको भए आप्रवासन भिसाको औपचारिक आवेदन दिनुपर्ने प्रावधान छ । यससँगै आफ्नो शैक्षिक योग्यता र अन्य आवश्यक दस्तावेजहरु पेश गर्नुपर्छ । दस्तावेज नेपाली वा अरु कुनै भाषामा भए त्यसको अंग्रेजी प्रति पनि पेश गर्नुपर्छ ।

त्यसपछि अमेरिकी अध्यागमन निकायले आवेदकको पृष्ठभूमि अध्ययन गर्छन् । आवेदकको आपराधिक रेकर्ड, विवरण सही भए/नभएको जाँच, मेडिकल जाँच लगायतको अध्ययन गरिसकेपछि अन्तरवार्ताको प्रक्रिया शुरु हुन्छ ।

तर, आवेदकको सबै विवरण सही भए पनि अन्तरवार्ताका लागि छनोट नहुन सक्छन् । डिभी परेका सबैलाई भने अमेरिकाले भिसा दिँदैन । अमेरिकाले डिभी परेका करीब ४० प्रतिशतलाई मात्रै भिसा दिने गरेको बताइन्छ ।

छनौट भई अन्तरवार्ता सफल भएमा आवेदकको अमेरिका यात्राका लागि बाटो खुला हुन्छ । त्यसपछि तपाईलाई आप्रवासन भिसा दिइन्छ । यद्यपि अन्तर्वार्तामा सफल भएका सबैले भिसा पाउँछन् भन्ने पनि हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?