मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्वकप खेल्ने जाने नेपाली खेलाडीलाई राष्ट्रपतिले दिए शुभकामना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी-२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन् ।

बेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको शुभकामना व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दैछ । टी-२० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ ।

यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन् । नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग विश्वकपको सुरुवात गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?