मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अपस्ट्रिम प्रोभाइडरले लिंक काटिदिँदा नेपालको इन्टरनेट स्लो, सेवा बन्द हुन सक्ने !

काठमाडौँ– नेपालमा इन्टरनेटको स्पिडमा समस्या देखिएको छ । केही घण्टादेखि वर्ल्डलिंक, भायानेट, सुबिसु लगायतका सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको हो ।

वर्ल्डलिंकले भारतीय अपस्ट्रिम सेवा प्रदायक कम्पनीले लिंक काटिदिँदा इन्टरनेटमा समस्या आएको बताएको छ । वर्ल्डलिंकले सामाजिक सञ्जालमार्फत इन्टरनेटमा समस्या देखिएको र यसको समाधानको प्रयास गरेको जनाएको छ ।

इन्टरनेट सेवा प्रदायकहरूले यसअघि नै नेपालमा इन्टरनेट काटिन सक्ने चेतावनी दिएका थिए । सरकारले बक्यौताको विषयलाई लिएर इन्टरनेट सेवा प्रदायकहरूको विदेशी मुद्रा सिफारिस रोकिदिएपछि नेपालमा इन्टरनेट सेवा प्रदायकहरूले एक वर्षयता ब्याण्डविथको रकम भुक्तानी गर्न पाएका छैनन् ।

भारतका अपस्ट्रिम सेवा प्रदायकहरूले पटक–पटक इन्टरनेट सेवा काटिन सक्ने चेतावनी दिँदै आएका थिए ।

एयरटेल, टाटा लगायतका कम्पनीले नेपालका इन्टरनेट सेवा प्रदायकलाई अन्तर्राष्ट्रिय ब्याण्डविथ सेवा दिइरहेका छन् । ती कम्पनीले पूर्ण रुपमा इन्टरनेटको लिंक काटिदिए नेपालमा इन्टरनेट सेवा नै बन्द हुने चिन्ता समेत बढेको छ ।

इन्टरनेट सेवाप्रदायक कम्पनीका सञ्चालकहरूले भारतीय दूरसञ्चार कम्पनी एयरटेलले नेपालका इन्टरनेट सेवा प्रदायक (आईएसपी)लाई दिइरहेको ब्यान्डविथ आपूर्ति रोकिदिएपछि समस्या भएको बताएका छन् ।

अहिले नेपालका अधिकांश स्थानमा इन्टरनेट सेवामा समस्या देखिएको छ, केही स्थानमा इन्टरनेट पूरै ठप्प भएको छ। धेरै ग्राहक रहेका वर्ल्ड लिङ्क र सुविसुसहितका आईएसपीका ग्राहकहरूले इन्टनरनेट रोकिएपछि सामाजिक सञ्जालमा सोधीखोजी गरिरहेका छन् ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का एकजना पदाधिकारीले खबरहबलाई बताएअनुसार भारतबाटै एयरटेलले ब्यान्डविथ आपूर्ति बन्द गरिदिएपछि समस्या आएको हो ।

नेपालका इन्टरनेट सेवाप्रदायकले भारत हुँदै एयरटेलले ८० प्रतिशतभन्दा धेरै एयरटेलबाट लिने गरेका छन् । अहिले नेपालमा सरकार आईएसपीहरूबीच करको वक्यौता रकमलाई लिएर विवाद जारी छ ।

त्यही विवादका कारण सरकारले ब्यान्डविथ आयातवापद भारतीय कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकमबारे निर्णय दिएको छैन । त्यहीकारण एयरटेलको भुक्तानी पनि रोकिएको छ । राजस्वको वक्यौता विवाद अहिले अदालतसम्म पुगेको छ । वक्यौता नतिरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एयरटेललाई भुक्तानी गर्न‍े प्रयोजनाका लागि विदेशी मुद्रा सिफारिस नगरिदिएपछि समस्या यहाँसम्म आइपुगेको हो ।

आईएसपीहरूले राजस्वको वक्यौता बुझाउन बाँकी नरहेको बताइरहँदा सरकारले पनि आफ्नो अडान छाडेको छैन । यसअघि नै आईएसपीहरूले इन्टरनेट अवरुद्ध हुने चेतावनी दिइसकेका थिए ।

अब ब्यान्डविथ किनेवापदको रकम भुक्तानी नभएपछि एयरटेलले आपूर्ति रोकिदिएपछि देशभर इन्टरनेट स्लो, डाउन र चल्दै नचल्ने भएको हो ।

यो पनि पढ्नुहोस्:

यसरी शुरु भयो इन्टरनेट युग

विश्वभर इन्टरनेटको सञ्जाल जोड्न समुद्रमा बिछ्याइएको अप्टिकल फाइबरले कसरी काम गर्छ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?