मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अल खालीजलाई पराजित गर्दै अल नासर किङ कपको फाइनलमा

काठमाडौँ – अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ । 

गएराती सम्पन्न सेमिफाइनलमा अल नासरले अल खालीजलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए । २ खेलको प्रतिबन्धपछि खेलमा फर्किएका रोनाल्डोले दुई गोल गर्दै अल नासरलाई फाइनलमा पुर्‍याएका हुन् । त्यस्तै अल नासरको लागि अर्को गोल साडियो मानेले गरेका थिए ।

त्यसैगरी अल खालीजका लागि एक गोल फवाज टोराल्सले गरेका थिए ।

यस अघि पहिलो सेमिफाइनलमा अल हिलालले अल इतिहादलाई २-१ ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अब किङ कपको फाइनल खेल मे ३१ मा हुने छ र फाइनलमा अल नासर र अल हिलाल भिड्ने छन् । अल हिलाल किङ कपको डिफेन्डिङ च्याम्पियन समेत हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?