मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इङल्याण्डका आठ खेलाडीले आइपिएलका प्लेअफ खेल गुमाउने

काठमाडौँ – हाल इन्डियन प्रिमियर लिग ‘आइपिएल’ खेलिरहेका इङल्याण्डका खेलाडी प्लेअफका लागि उपलब्ध नहुने भएका छन् ।

इङल्याण्डले आगामी टी-२० विश्वकपको तयारीका लागि भन्दै आफ्ना खेलाडीलाई लिगचरणका खेलपछि फिर्ता बोलाएको हो ।इङल्याण्डले विश्वकप्को तयारीका लागि पाकिस्तानसँग टी-२० सिरिज खेल्ने बताएको छ ।

इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले आगामी आईसीसी पुरुष टी–२० विश्वकप २०२४ का लागि छनोट भएका सबै खेलाडी पाकिस्तानविरुद्धको टी–२० सिरिजका लागि उपलब्ध हुनुपर्ने बताएको छ । टोलीमा छनोट भएका खेलाडी इङ्ल्यान्ड फर्कनेछन् ।

आइपिएलको फाइनल खेल मे २६ मा हुनेछ । प्लेअफमा क्वालिफायर–१, एलिमिनेटर, क्वालिफायर–२ र फाइनल गरी कुल ४ खेल हुनेछन् ।

इङल्याण्डका आठ खेलाडीले आइपिएल खेलिरहेका छन् । जसमा जोस बटलर ‘राजस्थान रोयल्स’, मोइन अली ‘चेन्नई सुपर किंग्स’, जोनी बेयरस्टो, साम कुरान, लियाम लिभिङ्स्टन ‘तीनै पञ्जाब किंग्स’, विल ज्याक्स, रीस टोपले ‘दुवै रोयल च्यालेन्जर्स बैंगलोर’ र फिल साल्ट ‘कोलकाता नाइट राइडर्स’ बाट खेलिरहेका छन् । यी सबै खेलाडीले आईपीएल प्लेअफ गुमाउने छन् ।

इङल्याण्डले पाकिस्तानसँग मे २२ देखि मे २८ सम्म ४ टी-२० खेल खेल्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?