मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

न्यूजील्याण्डले घोषणा गर्‍यो टी-२० विश्वकप खेल्ने टिम

काठमाडौँ  – न्यूजील्याण्डले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि न्यूजील्याण्डले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

न्यूजील्याण्ड केन विलियम्सनको कप्तानीमा विश्वकप खेल्ने भएको छ । न्यूजील्याण्डको टिममा केनसहित फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क चाम्पम्यान, डेभोन कोनवे, लुकी फर्गुसन, माट हेनरी, डार्यल मिचेल, जिम्मी निशाम, ग्लेन फिलिप, रचिन रविन्द्र, मिचेल सान्टनर, इश सोढ़ी र टिम साउथी रहेका छन् ।

न्यूजील्याण्ड टी-२० विश्वकपमा समुह सी मा रहेको छ । यस समुहमा वेस्ट इन्डिज, अफगानिस्तान, पीएनजी र युगाण्डा रहेका छन् । न्यूजील्याण्डले विश्वकपको पहिलो खेल जुन ७ मा अफगानिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?