मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टचस्क्रिन आईम्याक विकास गर्दै एप्पल


काठमाडौँ– बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले केही समय पहिले आफ्ना म्याक कम्प्युटरहरुमा हटाएको टचस्क्रिन सुविधाहरु फेरि शुरु गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार एप्पलले हालै मात्र अद्यावधिक गरेको पेटेन्ट आवेदनमा केही परिवर्तनहरु गरेकोले यो सुविधा पनि थप हुनसक्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय मिडिया गिज्मोचाइनाका अनुसार सन् २०२३ को नोभेम्बरमा दर्ता गरिएको यो पेटेन्टले डेस्कटप कम्प्युटरहरूको लागि समायोजन गर्न मिल्ने स्ट्यान्डको डिजाइनको बारेमा जानकारी दिइएको छ ।

साथै बढ्ने क्रममा रहेका ठूला र स्लिम डिस्प्लेहरू ह्यान्डल गर्ने र ढुवानी गर्ने चुनौतीहरूलाई एप्पलले विशेष प्राथमिकतामा राखेको जनाइएको छ ।

तर सञ्चारमाध्यममहरुले टचस्क्रिन आईम्याक तर्फ संकेतको रूपमा व्याख्या गरेतापनि पेटेन्टमा भने टचस्क्रिन सुविधाको बारेमा उल्लेख नभएको जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?