मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्रिकेट

वेष्ट इन्डिज ए विरुद्ध नेपालको रोमाञ्चक जीत

काठमाडौँ– नेपालले वेस्ट इन्डिज ए माथि शानदार जीत हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

नेपालको जीतमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको थियो ।

वेष्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए । त्यस्तै किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलर कमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक/एक विकेट लिएका थिए ।

यो जीतपछि नेपाल ५ खेलको सिरिजमा १-० ले अगाडि भएको छ ।

अब सिरिजको दोस्रो खेल आइतवार (भोलि) हुने छ भने तेस्रो खेल मे १ मा चौथो खेल मे २ मा र पाचौँ खेल मे ४ मा हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?