मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आइपिएलमा आज दुई खेल हुँदै

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । आज पहिलो खेल दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच हुनेछ । दिल्लीमा हुने यो खेल अपराह्न ३: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा दिल्ली क्यापिटल्सले ९ खेलमा ४ जित हासिल गरेको छ भने ५ खेलमा हार बेहोरेको छ । दिल्ली क्यापिटल्स अहिले ८ अङ्कसहित छैटौँ स्थानमा छ ।

त्यस्तै मुम्बई इण्डियन्सले ८ खेलमा ३ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ । मुम्बई इण्डियन्स ६ अङ्कसहित आठौँ स्थानमा रहेको छ ।

त्यसैगरी आज दोस्रो खेल लखनउ सुपर जाइन्ट र राजस्थान रोयल्स खेल्दै छन् । लखनउमा हुने यो खेल आज राति ७: ४५ बजेदेखि शुरु हुँदै छ ।

जारी आइपिएलमा लखनउले ८ खेलमा ५ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ । लखनउ अङ्क तालिकामा चौथो स्थानमा रहेको छ ।

त्यस्तै राजस्थान रोयल्सले ८ खेलमा ७ जित हासिल गरेको छ र एक खेलमा हार बेहोरेको छ । १४ अङ्कसहित राजस्थान अहिले शीर्ष स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?