मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वेस्ट इन्डिज ए टिमको फितलो स्वागत, टाटा सुमोमा लोड गरियो लगेज !

काठमाडौँ – बुधबार काठमाडौँ आइपुगेको वेस्ट इन्डिज ए टिमको अपमान भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेस्ट इन्डिजका खेलाडीको लगेज टाटा सुमोमा लोड गरिदै गरेको तस्वीर सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ । नेपाल क्रिकेट संघ ‘क्यान’ ले वेस्ट इन्डिज जस्तो टिम आउदा फितलो व्यवस्थापन गरेको भन्दै आलोचना भएको छ ।

वेस्ट इन्डिज ए टिम नेपालमा पहिलो पटक क्रिकेट खेल्न आएको र पहिलो पटक मै फितलो व्यवस्थापन गरेर क्यानले ठुलो लापरवाही गरेको भन्दै कारवाही माग समेत गरिएको छ ।

सामान्यतया विदेशी टिम आउदा राम्रो स्वागत गरिने र लगेज व्यवस्थापन पनि व्यवस्थित तरिकाले हुने गरेकोमा यस पटक क्यान चुकेको भन्दै आलोचना भएको छ ।

नेपालसँग ५ टी-२० खेलको सिरिज खेल्न रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय वेस्ट इन्डिज ए टिम काठमाडौँ आएको छ ।यो सिरिज बैशाख १५ गतेदेखि शुरु हुदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?