मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले काजाकिस्तानको अस्तानामा हुने एएसबीसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीसहित ५ सदस्यीय टोलीलाई बिदाई गरेका छन् ।

प्रतियोगिता अप्रिल २७ देखि मे ८ तारिखसम्म हुदै छ । साथै प्रतियोगितामा पुरुष ४८ केजी समुहमा लालप्रसाद उप्रेती, महिला ४८ केजी समुहमा सुष्मा तामाङ र महिला ५० केजी समुहमा रमिशा श्रेष्ठले भाग लिदै छन् । त्यस्तै खेलाडीसँगै प्रशिक्षक सुजित पुन मगर र निर्णायक धनकुमार मैनाली पनि काजाकिस्तान जादै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?