मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गाजरको सेवनले निको हुन्छन् यस्ता रोगहरू  

हामी गाजरलाई सलादको रूपमा सेवन गर्छौ । यसको प्रयोग अचारमा पनि हुने गर्छ । साथै हामी गाजरको हलुवा बनाएर पनि खाने गर्छौ । दैनिक रूपमा गाजर खाँदा वा यसको जुस पिउनु स्वास्थ्यको लागी निकै लाभदायी हुन्छ । 

काँचो गाजर खाँदा स्वास्थ्यसम्बन्धी अनेकौँ समस्या समाधान हुन्छ । आँखाका बिरामीहरूले पनि गाजरको सेवन गर्दा निकै फाइदा हुन्छ । 

गाजरमा पाइने भिटामिन ए ले हाम्रो आँखा तेजिलो बनाउनुका साथै प्रतिरक्षा शक्ति मजबुत बनाउँछ । गाजरको सेवनले मुटुरोग तथा क्यान्सरबाट बच्न सकिन्छ ।

गाजरको खानुका फाइदाहरू 

–गाजर नियमित खाँदा हाम्रो दाँतको स्वास्थ्य पनि राम्रो हुन्छ । गाजरले दाँतको सफाइ गर्नुका साथै सासलाई पनि स्वच्छ राख्छ ।

–गाजरले शरीरमा रगतको मात्रा बढाउँछ ।

–गाजरले मानिसको इम्युन सिस्टमलाई पनि बुस्ट गर्छ । यसको सेवनले कोलेस्ट्रोल नियन्त्रण र मुटुरोगको खतरा पनि कम गर्छ ।

– गाजर मधुमेह,मुटु रोगी,पेटको समस्या,क्यान्सर र रतन्धोका बिरामीका लागि पनि लाभदायी छ ।

–काँचो गाजर खानाले रजस्वलाका क्रममा हुने दुखाई पनि कम हुन्छ ।

–गाजरको नियमित सेवनले छाला स्वस्थ तथा चमकदार बन्नुका साथै चाउरीपन
कम गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?