मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बार्सिलोनालाई हराउँदै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौँ – पिएसजी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । 

गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै पिएसजीले समग्रमा ६-४ को जितसहित सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।  क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोनाले ३-२ को जित निकालेको थियो । 

बार्सिलोनाको घरेलु मैदानमा पिएसजीको जितमा किलीयन एम्बाप्पेले २ गोल गरेका थिए भने ओसमान डेम्बेले र भिटिन्हाले एक एक गोल गरेका थिए । 

त्यसैगरी बार्सिलोनाका लागि एक गोल राफिन्हाले गरेका थिए । यस खेलमा खेलको २९औँ मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । 

अब सेमिफाइनलमा पिएसजीले जर्मनी क्लब बोरुसिया डोर्टमण्डको सामना गर्ने छ ।

डोर्टमण्ड स्पेनिस क्लब एटलेटिको म्याड्रिडलाई गएराती नै ४-२ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-४ को नतिजा सहित सेमिफाइनलमा पुगेको छ । पहिलो लिगमा एटलेटिको २-१ ले विजयी भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?