मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आइपिएल : राजस्थानसँग कोलकाता २ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ ।

जोस बटलरको शतकको मद्दतमा राजस्थानले २० ओभरमा २२४ रनको लक्ष्य पछ्याएको थियो, जुन आईपीएल इतिहासमा सबैभन्दा सफल रन चेज बराबर हो ।

यसअघि आरआरले २०२० मा पञ्जाबविरुद्ध २२४ रनको लक्ष्य पछ्याएको थियो ।

कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २२३ रन बनाएको थियो ।

सुनिल नारायणले ५६ बलमा १०९ रन बनाए । राजस्थानले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर २२४ रन बनाएको थियो । जोस बटलरले ६० बलमा नटआउट १०७ रन बनाए ।

यो जितपछि राजस्थान रोयल्स ७ खेलमा छैटौं जितसहित अङ्क तालिकाको शीर्ष स्थानमा छ । राजस्थानको १२ अङ्क छ । अर्कोतर्फ ६ खेलमा दोस्रो पराजय बेहोरे पनि कोलकाता ८ अङ्कसहित दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?