मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

महोत्तरी– नेपाल राष्ट्रिय भिटामिन ए कार्यक्रम हरेक बर्षको ६ र ७ बैसाखमा सञ्चालन हुँदै आएको छ । सोही अनुसार महोत्तरीमा यस्को व्यापक तयारी गरिएको छ ।

जिल्लाका १५ वटै स्थानिय तहहरुमा ६ महिना देखि ५९ महिनासम्मका वालवालिकाहरुलाई निर्धारित मितिमा भिटामिन ए क्याप्सुल जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्को लागि जिल्लाभर स्वास्थ्यकर्मीहरुलाई तयार रहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीकी फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिइन् ।

शरीरलाई स्वस्थ-तन्दुरुस्त राख्न र उचित विकास गर्न महत्त्वपूर्ण मानिएको ‘भिटामिन ए’ क्याप्सुलसँगै जुकाको औषधि समेत खुवाइने जिल्ला स्वास्थ्य कार्यालयले सोमबार एक पत्रकार सम्मेलनका बीच कार्यतालिका नै सार्वजनिक गरेको छ ।

जिल्लाको कुल जनसंख्यामध्ये ५० हजारभन्दा बढी उक्त उमेर समूहका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइनेछ भने जुकाको औषधि १ देखि ५ बर्षसम्मका बालबालिकालाई खुवाइनेछ ।

बालबच्चामा भिटामिन ‘ए’ को कमी भएमा अन्धोपन र छालामा हुने समस्याका साथै उनीहरुको उमेर अनुसार हुनुपर्ने शारीरिक तथा मानसिक विकासमा कमी आउने भएकाले यो खुवाउन महत्त्वपूर्ण रहेको स्वास्थ्यकर्मीहरु बताउँदै आएका छन् ।

स्वास्थ्यकर्मी तथा फोकल पर्सन सिंहका अनुसार भिटामिन ए कै कमिको कारण दाँत र हड्डीको पर्याप्त विकास हुन पाउँदैन भने ५ वर्ष मुनिका बालबच्चाको मृत्‍युदर अरु बच्चाको तुलनामा ४ गुणा उच्च हुने गर्दछ ।

नेपालमा सन् १९९३ पूर्व ५ वर्ष मुनिका बालबच्चाको मृत्‍युदर उच्च थियो जसको एउटा कारण भिटामिन ‘ए’ को कमी पनि भएको एक अध्यणले देखाएको छ ।

सन् १९९३ देखि सरकारले भिटामिन ‘ए’ क्याप्सुल खुवाउने अभियान सुरु गरेपछि ५ वर्षमुनिका बालबच्चाको मृत्‍युदर क्रमश: घट्दै गएको तथ्यांकले देखाएको छ ।

महोत्तरीमा आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन र सम्बन्धित पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?