मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एसीसी प्रिमियर कपमा ओमानले युएईलाई हरायो

काठमाडौँ– एसीसी प्रिमियर कप अन्तर्गत आयोजक ओमानले युएईलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा ओमानले युएईलाई ९ विकेटले पराजित गरेको हो ।

बर्षाले प्रभावित भएको सो खेल १५-१५ ओभर मात्र खेलिएको थियो ।

युएईले दिएको १४३ रनको लक्ष्य पछाएको ओमानले १२.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै युएईले १५ ओभरमा ५ विकेट गुमाउदै १४२ रन बनाएको थियो ।

त्यस्तै गएराति नै सम्पन्न खेलमा कुवेतले बहराइनलाई २६ रनले पराजित गरेको छ ।

योसँगै समूह बी मा ओमान अपराजित रहदै ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ भने कुवेत ३ खेलमा ४ अंकसहित दोस्रो र युएई ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै बहराइनले तिनै खेलमा हार बेहोरेको छ भने कम्बोडियाले २ खेलमा हार बेहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?