मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एभर्टनको पोष्टमा चेल्सीको ६ गोल

काठमाडौँ– इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले एभर्टनमाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई ६-० ले पराजित गरेको हो ।

चेल्सीको जितमा कोल पाल्मरले चार गोल गरेका थिए भने निकोलस ज्याक्सन र अलिफ गिलक्रिष्टले एक एक गोल गरेका थिए ।

यो जितपछि चेल्सीको ३१ खेलमा ४७ अंक भएको छ र लिगमा नवौ स्थानमा उक्लिएको छ ।

त्यसैगरी एभर्टनको भने ३२ खेलमा २७ अंक रहेको छ र लिगमा १६औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?