मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वि‍.स.२०८१ सालको वार्षिक राशिफल, यी राशि रहनेछन् भाग्यशाली !

यस वर्ष श्री शालिवाहनीय शाके १९४६, ईश्वी संवत २०२४, २०२५, नेपाल संवत ११४४, ११४५ विक्रम संवत २०८१ साल राजा मङ्गल, मन्त्री शनि, कालयुक्त नामक संवत्सर रहेको छ । कालयुक्त नामक संवत्सरको स्वामी शिव हुन् ।

यसकारण यस वर्ष सबै प्राणीहरूले आँटेको कार्य पुरा गर्न सहज रहनेछ तर राजा मङ्गल र मन्त्री शनि रहनाले देशमा झगडा, द्वन्द र विवाद अत्यधिक बढ्न सक्छ । शनि र मङ्गलले गर्दा सरकार भित्र नै दुई मतको सिर्जना हुनसक्ने देखिन्छ । यसको प्रभाव आम जन मानसमा पनि पर्न सक्छ ।

यस वर्ष जल सङ्ख्या ९६ र भूमि जल सङ्ख्या १९ रहनेछ । जन्मको अनुपातमा मृत्यु अत्यधिक रहनेछ । कृषकको लागि नराम्रो हुने छैन । रोग व्याधिले गर्दा मानिस तथा पशुमा प्रभाव पर्नेछ ।

व्यवसायीको लागि खासै राम्रो रहने छैन । प्रस्तुत छ ज्योतिष जनक खड्काले तयार पारेको यस वर्षको सबै राशिको वैदिक राशिफल

 मेष 

 यो वर्ष समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

विदेशको काममा सफलता मिल्न सक्छ । खर्च भने बढ्न सक्छ । वैशाखमा मन परिवर्तन हुनसक्छ । पारिवारिक समन्वय तथा सद्भाव बढ्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । पढाई लेखाइमा सन्तोषजनक प्रगति हुनेछ । जेठ, असारमा आम्दानीको वृद्धि हुनेछ । असोज, माघ र फागुन महिना शुभ फलदायक रहने छ ।

 वृष 

 यो वर्ष समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाइ हुनसक्छ । प्रेममा अनावश्यक मन मुटावबाट बच्नुहोला । परिवारलाई समय दिनुहोला । असोजबाट तपाइमा ऊर्जा थपिनेछ ।

हतारमा निर्णय नगर्नु होला । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । कृषि काममा फाइदा मिल्नेछ । सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । साउन, मङ्सिर, फागुन र चैत्र महिना शुभ फलदायक रहनेछन् ।

 मिथुन 

 यो वर्ष समय ठिकै छ । कहिलेकाहीँ मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा वा सङ्कटमा ध्यान दिनुहोला । राज्य पक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ ।

प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला । सामाजिक कार्यमा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन् । अध्ययन अध्यापनमा रुचि बढ्नेछ । घरायसी काममा विवाद बढ्नेछ । वैशाख, भदौ, मङ्सिर, फागुन र चैत्र महिना शुभ फलदायी रहनेछ । 

 कर्कट 

यो वर्ष समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ ।

खुसी परिवारबाट मिल्ने छ । साझेदारी काममा फाइदा मिल्नेछ । वैदेशिक काममा लाभ मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ वैशाख, जेठ, असोज र चैत्र महिना सुभ फलदायी रहनेछ । 

 सिंह 

यो वर्ष समय ठिकै छ । अध्ययनमा मन जानेछ । कार्यमा आलस्यता आउन सक्छ । सङ्कटको सामना गर्दै उपलब्धि हासिल हुनेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ ।

शत्रु पक्ष सक्रिय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्दी नगर्नुहोला । औद्योगिक क्षेत्रमा सफलता मिल्नेछ । नोकरीमा पदोन्नतिको योग रहेको छ । असोजपछि स्वास्थ्यमा सुधार आउनेछ । जेठ, असार, कात्तिक र माघ महिना सुभ फलदायी रहनेछन् ।

कन्या 

यो वर्ष समय राम्रो छ । मनमा सामान्य चिन्ता भए तापनि दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्न सक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

काममा केही चुनौतीको सामना गर्नु पर्नेछ । प्रयासहरू सकारात्मक रहनेछन् । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । असार, साउन, फागुन र चैत महिना शुभ फलदायी रहनेछन् ।

तुला

यो वर्ष समय मध्यम छ । पारिवारिक माहौल राम्रो रहनेछ । प्रेममा अनावश्यक विवाद हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

साझेदारी व्यापारमा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ घरायसी काममा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय बित्नेछ ।  साउन, कात्तिक, पुस र चैत महिना सुभ फलदायी रहनेछन् । 

 वृश्चिक

यो वर्ष समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ ।

अध्ययन अध्यापनमा सुधार आउनेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । समाजमा बोलीको प्रभाव बढ्नेछ । साझेदारी काममा समस्या आउन सक्छ । समग्रमा राम्रो छ । वैशाख, भाद्र, आश्वीन र माघ महिना शुभ फलदायी रहनेछ ।

धनु

यो वर्ष समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला । नोकरीमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । रोकिएका अधुरा पुरा हुनेछन् । जेठ, असार, माघ र फागुन महिना सुभ फलदायी रहनेछन् ।

 मकर

यो वर्ष समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरूले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा सङ्घर्ष हुनेछ । खर्च बढ्न सक्छ ।

बौद्धिक काममा सफलता मिल्नेछ । पराक्रम बढ्नेछ भने रोकिएका कामहरु सुचारू हुनेछन् । लेनदेनमा विवादबाट बच्नुहोला । असार, असोज, कात्तिक, मङ्सिर र चैत्र महिना शुभ फलदायी रहनेछन् ।

कुम्भ

यो वर्ष समय मध्यम छ । मेहनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथीभाइबाट सहयोग मिल्न सक्छ । स्वास्थ्य सुधार हुने छ । पुरानो समस्याको समाधान हुनेछ ।

पारिवारिक सद्भाव बढ्नेछ । साथीभाइसँग विवादबाट बच्नुहोला । धेरै खर्च बाट बच्नुहोला । अध्ययनमा सफलता मिल्नेछ । साझेदारी व्यवसायमा विवादबाट बच्नुहोला । मन कमजोर हुनसक्छ । आवेगमा विवेकले कार्य गर्नुहोला । वैशाख, असार, मङ्सिर, पुस महिना सुभ फलदायी रहनेछन् ।

मीन

यो वर्ष समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पूर्ण हुनसक्छ । बौद्धिकताको वृद्धि हुनेछ । प्रेम तथा परिवारमा शान्ति मिल्नेछ । दाम्पत्य जीवन सुखद रहनेछ । स्वास्थ्यमा केही समस्या आउन सक्छ ।

सामाजिक र धार्मिक काममा व्यस्त रहनु शुभ हुनेछ । अध्ययनमा सफलता, धनमा सङ्घर्ष हुनसक्छ । मुद्दा मामिलाबाट बच्नुहोला । जेठ, भाद्र, पौष, माघ महिना सुभ फलदायी रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?