मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सामाजिक सञ्जालमा नगर्नुहोस् यस्ता लिङ्कमा क्लिक,  हुनसक्छ मोबाइल ह्याक 

काठमाडौँ– पछिल्लो समय सामाजिक सञ्जाल ह्याक हुने घटनाहरू तीव्र रूपमा बढिरहेका छन् ।

ह्याकर तथा साइबर ठगहरूले आम मानिसहरूलाई फसाउनका लागि विभिन्न खालका जाल बिछाइरहेका हुन्छन् ।

सोसल मिडिया प्लाटर्फमहरुमा प्रयोगकर्ताले प्रायः समाचार आलेख तथा अन्य विभिन्न साइटका लिङ्क शेयर गर्दछन् । साइबर अपराधीहरूले पनि यस्तै तरिकाको प्रयोग गरेर मानिसहरूलाई फसाउने कोसिस गर्छन् ।

तपाइलाई थाहा छ, सामाजिक सञ्जाल एक्स तथा मेटा लगायतका प्लाटर्फमहरुमा ह्याकरहरूले कमेन्टमार्फत सन्दिग्ध लिङ्कहरू एम्बेड गरेका हुन्छन् ।

यस्ता लिङ्कहरू धेरै खतरनाक हुन्छन् र क्लिक गर्ने बित्तिकै कुनै पनि प्रयोगकर्ताको डिभाइस ह्याकरको कब्जामा पर्न सक्दछ । आज हामी तपाइलाई कस्ता लिङ्कहरूमा क्लिक गर्दा तपाईँको डिभाइस ह्याक हुनसक्छ भन्ने विषयमा केही जानकारी दिँदै छौँ । 

कमेन्टका रूपमा राखिएका त्यस्ता लिङ्कहरूमा क्लिक गर्नु निकै जोखिमपूर्ण हुनसक्छ । यस्तो खालका लिङ्कहरूमा क्लिक गर्दा तपाईँको डिभाइस ह्याक हुने मात्र होइन तपाईँको व्यक्तिगत डेटा तथा गोपनीय कुराहरू पनि ह्याकरको हातमा पर्न सक्ने सम्भावना रहन्छ । 

यस्तै फेसबुकजस्ता सामाजिक सञ्जालबाट सोझै खेल्न, प्रयोग गर्न सकिने रमाइला गेमहरू पनि थर्ड पार्टी कम्पनीहरूले तयार पारेका हुन सक्छन् । उनीहरूले आफ्नो स्वार्थका लागि पनि यस्ता गेमहरू बनाएका हुन सक्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?