मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कपाल झर्ने समस्या छ ? अम्बाको पात हुनसक्छ यती धेरै उपयोगी 

धेरैजसो मानिस कपाल झर्ने समस्याबाट ग्रसित र आजित हुन्छन् । यस समस्याबाट छुटकारा पाउनको लागि मानिसहरू विभिन्न उपायलाई अपनाउँदछन् । तर पनि राम्रो परिणाम भने पाउन सकिरहेका हुँदैनन् ।

आज हामी तपाईँलाई अम्बाको प्रयोग गरी यस समस्याबाट मुक्ति पाउने प्राकृतिक उपायबारे जानकारी दिन्छौँ । यसले तपाईँको कपाललाई बढाउनमा पनि मद्दत पुराउँदछ ।

कपाल झर्ने समस्याको समाधानको लागि अम्बाको पात धेरै नै राम्रो उपाय हो । वैज्ञानिकहरूको अनुसार अम्बामा भिटामिन ‘ बी ’ तत्त्व प्रचुर मात्रामा पाइने भएकोले यसले कपाल झर्ने समस्यालाई रोकी कपाल बढ्नमा सहयोग गर्दछ ।

कसरी प्रयोग गर्ने त अम्बाको पात ?

एउटा भाँडोमा पानी हाली त्यसमा अम्बाको पातलाई राखेर उमाल्नुहोस् । त्यसपछि यस मिश्रणलाई चिसो हुन दिनुहोस् । र चिसो भएपछि आफ्नो कपालमा राख्नुहोस् । यसपछि कपाललाई सफा पानीले पखाल्नुहोस् । राम्रो परिणामको लागि सुत्नुभन्दा अगाडि यसको प्रयोग गर्नुपर्ने हुन्छ ।

यो कपाल झर्ने समस्याको लागि धेरै नै राम्रो उपाय हो । यसले कपाललाई जरैदेखि बलियो र बाक्लो पनि बनाउँछ । मानिसहरू कपाल झर्ने समस्याबाट छुटकारा पाउन महँगा साधनहरूको प्रयोग गर्ने गर्दछन् ।

तसर्थ यसको प्रयोगले तपाईँको पैसा र समय दुवै बचत हुन्छ । त्यसैले अम्बाको पातको प्रयोग गरी आफ्नो कपाललाई बाक्लो र आकर्षक बनाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?