मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अल नासरमाथि अल हिलाल को २–० को जित

काठमाडौँ– क्लब मैत्रीपूर्ण खेलमा साउदी क्लब अल हिलालले अल नासरलाई  २–० गोल अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा अल हिलाललाई जित दिलाउन सेर्गेज मिलिनकोभिक साभिक र सलेम अलडावसरीले एक एक गोल गरेका थिए ।

यस खेलमा पछिल्लो समय इन्जुरीका कारण मैदान बाहिर रहेका अल नासरका क्रिस्टियानो रोनाल्डो मैदानमा फर्किएका थिए । पुरै ९० मिनेट खेलेका रोनाल्डोले खेलमा भने खासै प्रभाव पार्न सकेनन् ।

साउदी लिगमा प्रमुख प्रतिद्वन्दी क्लब मानिने अल हिलाल र अल नासर लिगमा पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

१९ खेलमा अपराजित रहँदै अल हिलाल ५३ अंकसहित शीर्ष स्थानमा छ भने १९ खेलमा ४६ अंकसहित अल नासर दोस्रो स्थानमा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?