मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्यानाडालाई नेपालले दियो २ सय २५ रनको लक्ष्य

काठमाडौं– क्यानाडाविरुद्धको एक दिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय २४ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले सवार्धिक ६२ बनाए । ५८ बलको सामना गरेका उनले ९ चौका र १ छक्का प्रहार गरे । त्यसैगरी, आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामीले २७, कुशल मल्लले २० र भीम सार्कीले १७ रन जोडे ।

क्यानाडाका उदय भगवानले २ विकेट लिए भने साद बिन जफार र ईश्वरजोत सोहीले समान दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?