मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज ३९ औँ जन्मदिन मनाउँदै रोनाल्डो

काठमाडाैँ– पोर्चुगलको सर्वकालिन महान् फुटबलर क्रिस्टियानो रोनाल्डो आज ३९ औँ जन्मदिन मनाउँदै छन् ।

उनको जन्म  सन् १९८५ मा आजकै दिन अर्थात फेब्रुअरी ५ मा  पोर्चुगलको फञ्चल, म्याडेइराको एक बस्ती सान्तो आन्तोनियोमा भएको थियो ।

स्पोर्टिङ क्लबबाट आफ्नो फुटबल करिअर सुरु गरेका उनले  सन् २००३ मा म्यानचेस्टर युनाइटेडबाट खेल्न थालेका थिए ।

सन् २००९ देखि  रियल म्याड्रिड क्लबबाट र २०१८ बाट युभेन्ट्सका लागि खेल्न थालेका रोनाल्डो तीन वर्षपछि म्यानचेस्टर युनाइटेड पुगेका थिए । हाल उनी साउदी अरबको अल नासेर क्लबबाट फरवार्डका रूपमा खेल्छन् । 

पोर्चुगलको राष्ट्रिय टिमबाट भने उनले १८ वर्षको उमेरमा २००३ मा खेल्न थालेका थिए । देशका लागि उनले सयभन्दा बढी गोल गरिसकेका छन् ।

उनले सन २००८ मा पहिलो पटक फिफा बेलोन डी’ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भएका थिए। उनले चार पटक बेलन डिओर जितिसकेका छन्।

उनी युरोपको उत्कृष्ट ५ लिग, युइएफए च्याम्पियन्स लिग र युइएफए युरोका सर्वाधिक गोलकर्ता हुन भने युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्वाधिक गोल गरेको कीर्तिमान पनि उनकै नाममा छ।

उनी चार पटक युरोपेली गोल्डेन जुत्ता जित्ने पहिलो खेलाडी हुन्। सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ७९० भन्दा बढी गोल गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?