मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आर्मीले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

काठमाडौं- २३औं आहा रारा पोखरा गोल्डकपको उपाधि विभागीय टीम त्रिभुवन आर्मीले जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनल प्रतिस्पर्धामा पाँच पटकको उपाधि विजेता थ्रीस्टारलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो पटक उपाधि जित्न सफल भएको हो ।

आर्मीलाई उपाधि दिलाउन जितेस्पीजंग कार्कीले खेलको ३८ औं मिनेट, फत्तेमान घलेले ८३ औं मिनेटर वसन्त जिम्वाले दोश्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए ।

जितसँगै आर्मीले १२ लाख एक हजार नगद पुरस्कार जितेको छ भने उपविजेतामा चित्त बुझाएको थ्रीस्टारले ६ लाख एक हजार प्राप्त गर्‍यो ।

सहारा क्लब पोखराको अयाोजनामा सम्पन्न प्रतियोगितामा एक विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?