मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आहा रारा गोल्डकप : फाइनल खेल आज,आर्मी र थ्रीस्टार भिड्दै

काठमाडौँ– २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै छ ।

उपाधिका लागि  त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबिच प्रतिस्पर्धा हुँदै छ ।

हालसम्म चार पटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको आर्मी यस पटक उपाधि जितेर इतिहास रच्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ ।

यता यसअघि पाँच पटक उपाधि जितिसकेको थ्रीस्टार आज छैटौँ उपाधिको खोजीमा रहेको छ । 

आर्मी यसअघि विसं २०६५, २०६६, २०७२ र  २०७५ सालमा प्रतियोगिताको फाइनलमा पुगे  पनि चारै पटक उसले उपाधि जित्न सकेन । त्यस्तै थ्रीस्टारले भने विसं २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा प्रतियोगिताको उपाधि चुमेको छ ।

थ्रीस्टार प्रतियोगितामा छैटौँ पटक उपाधि जित्दै सर्वाधिक सफल क्लबको पहिचान स्थापित गर्ने योजनामा छ ।

खेल पोखरा रङ्गशालामा दिउँसो २ बजे सुरु हुने छ । यही माघ ९ गतेदेखि सुरु भएको १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ नगदसहित ट्रफी पुरस्कार पाउने छन् ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?